३१ जेष्ठ २०८३, आइतबार

सन नेपाल लाइफ इन्स्योरेन्सको आईएसओ/आईईसी २७००१:२०२२ प्रमाणपत्र नवीकरण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यूकेएएस (युनाइटेड किङ्गडम एक्रेडिटेसन सर्भिस)बाट मान्यता प्राप्त एम्टिभो लिमिटेड, यूकेबाट आईएसओ/आईईसी २७००१:२०२२ को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ ।

कम्पनीले गत महिना गराएको सम्परीक्षणमा कम्पनीले आफ्नो हरेक सूचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम उचित व्यवस्थापन गरेकोले सो प्रमाणत्र नवीकरण भएको हो । यस मानकले कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्दछ ।

कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासनसम्बन्धी नियामकीय व्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न अन्तर्राष्ट्रिय मापदण्डको आधारमा आईएसओ/आईईसी २७००१ : २०२२ सम्परीक्षण नवीकरण गरेको हो । नेपालको बीमा व्यवसायमा यसरी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ/आईईसी २७००१:२०२२ प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।

आईएसओ/आईईसी २७००१:२०२२ को नवीकरण मान्यता प्राप्त गरेसँगै कम्पनीले निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सूचना सुरक्षा प्रणाली निरन्तर मजबुत बनाउँदै लाने प्रतिबद्धता जाहेर गरेको छ ।