२७ असार २०८३, शनिबार

स्थगित एभरेस्ट महिला भलिबल लिग कात्तिक २६ देखि

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । वात्सल्य एभरेस्ट महिला भलिबल लिग (ईडब्ल्यूभीएल)को दोस्रो संस्करणका बाँकी खेल यही कात्तिक २६ गतेदेखि सञ्चालन गरिने भएको छ । सोमबार (कात्तिक १७) आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले यसबारे जानकारी गराएको हो ।

आयोजकका अनुसार, प्रतियोगिता पुनः सुरु गर्न नेपाल भलिबल संघले स्वीकृति प्रदान गरिसकेको छ । लिगका १६ मध्ये नौ खेल सम्पन्न भइसकेको छ ।

बाँकी खेल काठमाडौंमै गर्ने गरी तयारी तीव्र गतिमा अगाडि बढाइएको छ । संशोधित खेलतालिका चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

‘जेनजी’ आन्दोलनका कारण खेल प्रभावित भएको थियो । प्रतियोगिता कात्तिक २९ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।