१५ असार २०८३, सोमबार

आजको मौसम : यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा मौसम साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एकदुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ । साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको पनि महाशाखाको भनाई छ ।