काठमाडौं, १७ कार्तिक । सरकारले सर्वोच्च अदालतको आदेश अटेर गर्दै पुनः ११ देशका राजदूतहरूलाई फिर्ता आउन पत्र पठाएको छ ।
परराष्ट्र मन्त्रालयले आज फेरि पत्र पठाउँदै परराष्ट्र मन्त्रालय मातहत नै रहनेगरी कार्तिक २० गते काममा हाजिर हुन आउन भनेको हो ।
यसअघि सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।








प्रतिक्रिया