२४ जेष्ठ २०८३, आइतबार

दराज एक्सप्रेसद्वारा ‘लास्ट–माइल सोलुशन’ सार्वजनिक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले आफ्नो लजिस्टिक इकाई दराज एक्सप्रेस (डीईएक्स)मार्फत नयाँ सुविधा ‘लास्ट–माइल डेलिभरी सोलुशन’ औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको यस नयाँ सेवा दराजको प्लेटफर्ममा नहुँदा पनि आफ्ना उत्पादनहरू बिक्री गर्ने ब्रान्ड र विक्रेताहरूका लागि छिटो, भरपर्दो र प्रविधिमुखी वितरण समाधानका रूपमा प्रस्तुत गरिएको हो । यसका माध्यमबाट दराज एक्सप्रेसले नेपालभरका व्यवसायहरूका लागि चुस्त, सुरक्षित र विश्वासिलो वितरण सञ्जाल प्रदान गर्दै उनीहरूलाई आफ्ना उत्पादनमा केन्द्रित रहँदै व्यवसाय विस्तार गर्न अझ सशक्त बनाउने उद्देश्य लिएको कम्पनीले जनाएको छ ।

बजारमा विद्यमान सेवा प्रदायकहरूले प्रदान गर्न नसकेको गति, सन्तुष्टि र पारदर्शिताको आवश्यकता पूरा गर्ने सोचका साथ दराज एक्सप्रेसले यो समाधान उपलब्ध गराएको हो । कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित रुट–प्लानिङ प्रणाली र रियल–टाइम पार्सल ट्रयाकिङ प्रविधिको प्रयोगबाट डीईएक्सले स्थानीय अर्डरहरू २४ घण्टाभित्र, र अन्तर–सहर डेलिभरीहरू ४८ घण्टाभित्र सम्पन्न गर्ने क्षमता बोकेको छ । यसले औसत डेलिभरी समय १.५ दिनभन्दा कममा झार्न उल्लेख्य सहयोग पुर्‍याएको छ । साथै, ९० प्रतिशतभन्दा बढी सफल नतिजासहित डीईएक्सले सबै मूल्यका पार्सलहरूको वितरण सुनिश्चित गर्ने एकिकृत समाधान प्रदान गरिरहेको छ । यी सबै सुधारहरूले सञ्चालन दक्षता बढाउने र ग्राहक सन्तुष्टि सुनिश्चित गर्ने कार्यमा महत्वपूर्ण योगदान दिएका छन् । यसको प्रमाणका रुपमा डीईएक्स लाई प्राप्त ४.६/५ ग्राहक मूल्याङ्कनलाई लिन सकिने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार हालसम्म डीईएक्सले नेपालका १०८ प्रमुख सहरहरूमा सेवा विस्तार गरिसकेको छ । आगामी ११.११ अभियानअघि थप ७० सहरहरूमा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ । यसले दराज एक्सप्रेसको देशव्यापी पहुँच र ‘सबैका लागि छिटो र भरपर्दो ई–कमर्स सेवा’ को प्रतिबद्धता झल्काउँछ ।

डीईएक्सले विक्रेताहरूका लागि सुगम नगद प्रवाह (क्याशफ्लो) र पारदर्शी वित्तीय व्यवस्थापनमा पनि विशेष ध्यान दिएको छ । यस अन्तर्गत, विक्रेताहरूलाई हप्तामा धेरैपटक क्यास–अन–डेलिभरी (कोड) रकम सेटलमेन्टको सुविधा मिल्नेछ । यसले उनीहरूलाई तत्काल पुनः लगानी गर्ने सहज वातावरणको सुनिश्चितता प्रदान गर्ने कम्पनीले विश्वास लिइएको छ । साथै, असफल डेलिभरीमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेर डीईएक्सले व्यवसायीहरुको जोखिम घटाउँदै बढी आम्दानी गर्न सहयोग पुर्‍याउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

“डीईएक्सले दक्षिण एसियाभरकै ‘लास्ट–माइल डेलिभरी’ प्रणालीलाई पुनःपरिभाषित गरिरहेको छ,” दराज ग्रुपका मुख्य लजिस्टिक अधिकृत अहमद तनवीरले भने, “ठूला स्तरका अनलाइन खुद्रा व्यवसायीहरू होऊन् वा तिव्र गतिमा वृद्धि उन्मुख स्वतन्त्र बिक्रेताहरु, डिईएक्सले सबैका लागि सरल, छिटो, भरपर्दो र तथ्याङ्कमा आधारित डेलिभरी सुविधा तथा उत्कृष्ट प्रदर्शनीको सुनिश्चितता प्रदान गर्छ । हाम्रो उद्देश्य लजिस्टिक्सलाई अझ सरल बनाउँदै, ग्राहक अनुभवलाई थप सुदृढ पार्ने र ई–कमर्स उद्योगमा दिगो वृद्धि ल्याउने डेलिभरी पारिस्थितिकी तन्त्रको निर्माण गर्र्नु हो ।” यस समाधानमार्फत डीईएक्सले नेपालका ब्रान्ड र बिक्रेताहरूलाई विस्तारित बजार पहुँच, सजिलो व्यवसाय सञ्चालन, र मजबुत क्षेत्रीय ई–कमर्स इकोसिस्टम निर्माण गर्न सहयोग पुर्‍याउने लक्ष्य कम्पनीले लिएको छ । व्यवसाय गर्न सजिलो बनाउने यी पहलहरूले दराजको “वाणिज्य शक्ति मार्फत समुदाय उत्थान” गर्ने उद्देश्यलाई अझ सबल बनाएको कम्पनीको भनाई छ ।