१५ असार २०८३, सोमबार

मुक्तिनाथ विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न, १८.२० प्रतिशत लाभांश प्रस्ताव पारित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । मुक्तिनाथ विकास बैंकले शनिबार पोखरामा आफ्नो उन्नाइसौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

साधारणसभाले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्दै सेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांश दिने प्रस्ताव समेत स्वीकृत गरेको छ । लाभांशमध्ये १३.५३ प्रतिशत बोनस सेयर र बाँकी ४.६७ प्रतिशत लागि नगद लाभांश (बोनस सेयर र नगद लाभांशको करसहित) रहेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न साधारणसभामा विशेष प्रस्तावहरुको रुपमा यस विकास बैंकको चुक्ता पूँजी नौ अर्ब तीन लाख अठासी हजार सात सय सत्सठ्ठी रुपैयाँ एघार पैसा पुराउने, सोही बमोजिम प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने र पूँजी वृद्धि पश्चात नेपाल राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नतिको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावहरु समेत स्वीकृत गरेको छ । सभाबाट आ.व. २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ ।

साधारणसभाको औपचारिक कार्यक्रमको समुद्घाटन सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले गरेका थिए । सभामा बैंकका सञ्चालक समितिका सदस्य भरतप्रसाद लम्सालले स्वागत मन्तव्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन उपर विभिन्न सेयरधनीहरुबाट सल्लाह सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो । सेयरधनीहरुबाट आएका जिज्ञासाहरु बारेमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले थप प्रष्ट पारेका थिए ।