
काठमाडौं, १६ कात्तिक । विवादित फेसबुक पोस्टका कारण आलोचित बनेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह शनिबार दिनभर मदिरामा झुमेर बसेको पाइएको छ ।
मेयर साह शनिबार दिउँसो २ बजेदेखि नै पुल्चोक क्याम्पस नजिकै बखुण्डोलमा रहेको ‘संस्कार फाइन डाइन’ रेष्टुरेन्टको कौशीमा बसेर आफ्ना ४–५ जना साथीसँग मिलेर मदिरामा मस्त थिए । समाचार स्रोतका अनुसार, दिउँसोदेखि सुरु भएको उनको मस्ती मध्यरात १२ बजेसम्म चलेको बताइएको छ । करिब १० घण्टा नसापछि नै बालेनले आफ्नो फेसबुक वालमा अत्यन्तै आपत्तिजनक र अभद्र भाषा प्रयोग गरेर विवादित पोस्ट गरेका थिए ।
उनको सामाजिक सञ्जालमा मध्यरात आएको पोस्ट केही समयमै डिलिट भएको थियो ।
उनले छिमेकी मुलुकहरु भारत, चीनसहित विदेशी राष्ट्र र आफ्नै देशका प्रमुख राजनीतिक दलहरूमाथि अभद्र भाषा प्रयोग गरेको घटनाले फेरि बालेनको आचरणमाथि गम्भीर प्रश्न खडा गरेको छ । गाँजाको नशामा मनलाग्दी लेखेको भन्दै सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ ।








प्रतिक्रिया