
काठमाडौं, १६ कात्तिक । नेकपा (एमाले)का नेता सूर्य थापाले काठमाडौं महानगरका मेयर बालेन साहप्रति कटाक्ष गरेका छन् ।
शनिबार मध्यराति मेयर साहले सामाजिक सञ्जालमा आपत्तिजनक शब्द प्रयोग गर्दै लेखेको स्टाटसको स्क्रिनसर्ट राख्दै थापाले बालेनले बेहोसीमा पागल भई अन्टसन्ट लेख्दै र हटाउँदै खुब आनन्द मानेको टिप्पणी गरेका हुन् ।
‘गाँजा तानेर लुसिफर (दलाल/शैतान)ले बेहोसीमा पागल भई अन्टसन्ट लेख्दै र आफैले हटाउँदै खुब आनन्द मानेको रहेछ । सिंहदरबार जलाउन उक्साउने लुसिफरले नशामा नाश भएर रातीराती यसरी बेलाबखत देश बनाउने स्वाँङ पो गर्छ ।’ थापाले फेसबुकमा लेखेका छन्, ‘बाबुले सिंहदरबार वैद्यखाना सकेर सिनामंगलमा दरबार बनाएको जान्नेहरू छोराले सिंहदरबारमा आगो लगाउन भिजिलान्तेहरू पठाएर र दमकल तीनदिनसम्म रोकेर आफ्नो सक्कली अनुहार उदाङ्गो पारिसकेको छ । अझ यस्ता देशद्रोहीलाई आइकन मान्ने र काठमाडौंलाई बालेन शहर आएँ/गएँ भनेर लेख्ने मान्छेहरूका अनुहार सम्झँदा पो लाज लाग्छ ! म सुरूदेखि स्पष्ट छु, यो गजेडी हो, नशामा लठ्ठिनु र बर्बराउनु यसको दिनचर्या हो । यही योग्यताले यो लुसिफर र दलाल भएको हो । गाँजा तान्ने दुर्व्यसनीलाई राजधानीको मेयर बनाउने, मान्ने र कारबाही नगर्ने सब अपराधी र देशद्रोही हुन् !’









प्रतिक्रिया