२२ जेष्ठ २०८३, शुक्रबार

सामाजिक सुरक्षा कोषमा ९४ अर्ब जम्मा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार रुपैयाँ बराबरको रकम जम्मा भएको छ । कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजार रुपैयाँ बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ ।

कोषमा कूल २५ लाख ९२ हजार एक सय ४१ जना सूचीकृत योगदानकर्ताका रुपमा समावेश भएका छन् । कोषमा २२ हजार एक सय २५ सूचीकृत रोजगारदाता रहेका छन् । रोजगारदातालाई क्रमशः सूचीकृत गराउन कोषले आवश्यक पहल समेत गरिरहेको जनाएको छ ।

कोषमा औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दावी रकम दुई अर्ब ४२ करोड ५० लाख ८१ हजार रुपैयाँ रहेको छ ।

यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दावी रकम २२ करोड ३१ लाख ६३ हजार रुपैयाँ, आश्रित परिवार सुरक्षा दावी रकम २८ करोड ३५ लाख ९७ हजार रुपैयाँ र अवकाश दावी रकम १४ अर्ब ३६ करोड १२ लाख आठ हजार रुपैयाँ रहेको छ ।