२२ असार २०८३, सोमबार

विश्वकप लिग–२ : नेपाल लगातार तेस्रो खेलमा पनि पराजित

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । दुबईमा जारी आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल लगातार तेस्रो खेलमा पनि पराजित भएको छ ।

शनिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ रोजेको नेपालले अमेरिका सामु २७२ रनको लक्ष्य दिएको थियो ।

नेपालले दिएको २७२ रनको लक्ष्य पच्छाएको अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै रन पुरा गरेको हो ।

अमेरिकाका लागि साई तेजा मुकामल्ला र मिलिन्द कुमारले अर्धशतकीय खेल खेले ।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन याद, करण केसी र गुल्सन झाले समान एक–एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि अलराउण्डर दीपेन्द्रसिंह ऐरीले ७५ रनको अर्धशतकीय इनिङ खेले । ६७ बलमा उनले २ चौका र ३ छक्का प्रहार गरे । ऐरीले ४३ बलमा अर्धशतक पूरा गरेका थिए ।

त्यस्तै, उत्कृष्ट फिनिसिङ गर्ने क्रममा आठौं नम्बरमा आएका करण केसीले ३१ रनमै ४९ रन बनाए । उनी अर्धशतक बनाउनबाट एक रनले मात्रै चुके । सो क्रममा उनले २ चौका र ३ छक्का प्रहार गरेका थिए ।

त्यस्तै, कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाए ।

अमेरिकाका लागि हर्मीत सिंहले १० ओभरमा ३३ रन दिएर ३ विकेट लिए । सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २–२ विकेट लिए भने जसदिप सिंह र शुभम रन्जानेले १–१ विकेट लिए ।

आजको जितसँगै अमेरिका लिग–२ को अंक तालिकाको शीर्ष स्थानमा छ । जारी खेलमा हार बेहोरेको नेपाल अंक तालिकाको ७ औं स्थानमा छ ।