१३ असार २०८३, शनिबार

हृदयाघातका कारण नगरकार्यपालिका सदस्यको निधन

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सङ्खुवासभा, १५ कात्तिक । सङ्खुवासभाको धर्मदेवी नगरपालिका कार्यपालिका सदस्यको हृदयघातका कारण मृत्यु भएको छ ।

धर्मदेवीनगरपालिका–८ निवासी कार्यपालिका सदस्य देवकुमारी कार्कीको हृदयघातका कारण मृत्यु भएको नगरप्रमुख उदयचन्द्र पौडेलले बताए । कार्कीको आज उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको नगरप्रमुख पौडेलले जानकारी दिए ।

शुक्रबार हृदयघात भएपछि सदस्य कार्कीलाई तत्कालै नोबेल अस्पताल भर्ना गरिएको थियो । उनको मृत्युको शोकमा आइतबार एकदिन नगरपालिकाअन्तरर्गतका सम्पूर्ण कार्यालय बिदा दिने निर्णय भएको नगरप्रमुख पौडेलले जानकारी दिए ।