२९ असार २०८३, सोमबार

एमालेको ११ औं महाधिवेशन काठमाडौंमै, प्रतिनिधि चयन मंसिर १३ गते

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेकपा एमालेको सचिवालय बैठकले मंसिरमा हुन लागेको ११ औं महाधिवेशनस्थल परिवर्तन गरेको छ ।

शनिबार गुण्डुमा बसेको सचिवालय बैठकले मंसिरमा हुने महाधिवेशन अब काठमाडौंमै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिँदै ज्ञवालीले भने, ‘नेकपा (एमाले)को सचिवालय बैठकले मुख्यतया तीनवटा महत्वपूर्ण निर्णयहरु गरेको छ । पहिलो एजेण्डा चाँहि पार्टीको ११ औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ गतेदेखि २९ सम्म गर्ने निर्णय गरी नै सकेको छ । त्यो निर्णयलाई थप जोड दिँदै केन्द्रीय सचिवालयको बैठकले महाधिवेशनको स्थल भने परिवर्तन गरेको छ । अब ११ औं महाधिवेशन पोखराको सट्टामा काठमाडौंमा आयोजना गरिनेछ ।’ यसअघि एमालेले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो ।

उपमहासचिव ज्ञवालीले ६ लाख ६७ हजार ६३० पार्टी सदस्यबाट विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिने बताए । उनले प्रतिनिधि चयन मंसिर १३ गते शनिबार देशभर एकैदिन हुने बताए । प्रतिनिधिको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने उनले बताए ।