
काठमाडौं, १५ कात्तिक । आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा दीपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।
यूएईस्थित दुबईको आईसीसी एकेडेमीमा जारी खेलमा ऐरीले ४३ बलमा ५१ रन बनाएका हुन् । जारी खेलमा नेपालले ३८.२ ओभरमा पाँच विकेटको क्षतिमा १९७ रन बनाएर खेलिरहेको छ ।
जारी त्रिदेशीय शृंखला नेपालले हालसम्म खेलेका दुवै खेल हारेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो ।








प्रतिक्रिया