
काठमाडौं, १५ कात्तिक । आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत आज नेपालले शीर्ष स्थानमा रहेको अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । यूएईस्थित दुबईको आईसीसी एकेडेमीमा बिहान ११ः१५ सुरु हुने खेलमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको छ ।
पहिलो खेलमा यूएईसँग ५ विकेटले पराजित नेपाल जारी सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । उता सिरिजको पहिलो खेलमा यूएईलाइ ४ विकेटले हराएको अमेरिका लगातार दोस्रो जितको खोजीमा छ ।
जारी सिरिजमा लिगमा २२ खेलमध्ये १६ खेलमा जित र ६ खेलमा हार भोगेको अमेरिका ३२ अंकमा तालिकाको शीर्ष स्थानमा छ । लिगको १८ खेलमा ५ खेलमा जित र ११ हार र २ खेलमा अंक बाँडेको नेपाल १२ अंकमा सातौँ स्थानमा छ ।
समान खेलबाट १४ खेलमा हार र ४ खेलमा जित निकालेको यूएई ८ अंकमा तालिकाको पुछारमा छ ।








प्रतिक्रिया