७ असार २०८३, आइतबार

हरिबोधिनी एकादशी : चाँगुनारायणमा श्रद्धालुको घुइँचो (तस्वीरहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । आज हरिबोधिनी एकादशी मनाइँदैछ । हरिबोधनी अर्थात ठूलो एकादशी पर्वमा हिन्दू धर्मावलम्बीहरूले ब्रत बसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन् । काठमाडौं उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ । हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेका चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ । यही विश्वासका साथ भक्तपुरमा रहेको चाँगुनारायण मन्दिरम पनि श्रद्धालुको भीड लागेको छ ।