९ असार २०८३, मंगलबार

माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ ।

शनिबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने भनिएको छ ।

शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।