१ असार २०८३, सोमबार

सिन्धुलीमा करेन्ट लागेर एक युवकको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, १५ कात्तिक । सिन्धुलीको तीनपाटन गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

तीनपाटन गाउँपालिका–५ लङ्गुरखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा २० वर्षीय धनबहादुर लामिछानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

स्थानीयका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका लामिछानेलाई लङ्गुरखोला आधारभूत स्वास्थ्य केन्द्रतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।