१९ असार २०८३, शुक्रबार

फाफ डुप्लेसिस विराटनगर किंग्समा अनुबन्ध

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । विराटनगर किंग्सले नेपाल प्रिमिय लिग (एनपीएल)को दोस्रो सिजनका लागि विश्व प्रसिद्ध दक्षिणी अफ्रिकी क्रिकेटर फाफ डुप्लेसिसलाई अनुबन्ध गरेको छ ।

डुप्लेसिस अन्तर्राष्ट्रिय क्रिकेटका सर्वाधिक सम्मानित खेलाडीमध्ये एक हुन् । कप्तानको रूपमा उनले आफ्नो देश दक्षिण अफ्रिका र विश्व प्रसिद्ध लिग आइपीएलको फ़्रेन्चाइज आरसीबीलाई नेतृत्व गरेको अनुभव छ ।

डुप्लेसिसको अनुभव र नेतृत्वले विराटनगर किंग्सको टिमलाई अझ बलियो बनाउने विश्वास गरिएको छ ।

“फाफ डुप्लेसिस जस्ता विश्वस्तरीय खेलाडी आउनु विराटनगर किंग्स र एनपीएलको लागि गर्वको कुरा हो । उनको आगमनले विराटनगर किंग्स र एनपीएलको लागि आउने दिनमा अन्य विश्वस्तरीय खेलाडी आउन अझ उत्साहित हुनेछन् ” विराटनगर किंग्सका टिम निर्देशक दीपेन्द्र चौधरीले भने ।