
काठमाडौं, १४ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले एनएसपीएल टेनिस बल क्रिकेट प्रतियोगिता सञ्चालन गर्न स्वीकृति नदिने निर्णय गरेको छ ।
शुक्रबार क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को संरचनामा नपर्ने जनाउँदै एनएसपीएललाई मान्यता नदिने निर्णय गरेको हो ।
“डीजीआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा यही मिति २०८२ कात्तिक १५ गतेदेखि काठमाडौंमा एनएसपीएल टेनिस बल क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको यस संघको जानकारीमा आएको छ । टेनिस बल क्रिकेट प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को संरचनामा नपर्ने प्रतियोगिता भएकोले यस प्रकारको प्रतियोगितालाई यस संघबाट समेत स्वीकृति प्रदान नहुने व्यहोरा जानकारी गराउँछौँ,” क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
क्यानले आजै पत्राचार गर्दै यो जानकारी सार्वजनिक गरेको थियो । प्रतियोगिता डीजीआर स्पोट्र्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा यही कात्तिक १५ गतेदेखि काठमाडौंैमा सुरु हुने तालिका थियो ।








प्रतिक्रिया