१७ असार २०८३, बुधबार

एनआईसी एशिया बैंकका ग्राहकलाई देवदह मेडिकल कलेजमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही, १४ कात्तिक । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै बैंकका ग्राहकहरुले देवदह, रुपन्देहीमा रहेको अस्पतालमा सेवा लिई डिजिटल भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

एनआईसी एशिया बैंकका ग्राहकहरुले यस अस्पतालमा सेवा लिँदा ओपीडी टिकटमा ५० प्रतिशत, नर्मल बेड चार्जमा २५ प्रतिशत, आईसीयू/एनआईसीयू/पीआईसीयू/सीसीयूमा १० प्रतिशत, सर्जिकल उपचारमा १५ प्रतिशत, प्याथोलोजिकल ल्याब चार्जमा १५ प्रतिशत, रेडियोलोजिकल सर्भिसमा १५ प्रतिशत (सीटी र एमआरआई बाहेक) र अन्य सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । अस्पतालसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।