२ श्रावण २०८३, शनिबार

नेशनल लाइफ इन्स्योरेन्सको ‘सफलताको सुरुवात’ कार्यक्रम सम्पन्न

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १४ कात्तिक । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि १ रात २ दिनको ‘सफलताको सुरुवात’कार्यक्रम पोखरामा सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८२ भदौ महिनामा सञ्चालन गरेको मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको चर्चित एवं वरिष्ठ कलाकार महानायक राजेश हमालको उत्प्रेरणात्मक विचार तथा अनुभव शेयर गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको उपस्थितिमा सम्पन्न कार्यक्रममा विभागिय प्रमुखहरु, प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरुसहित देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ३०० जना वरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय व्यवसाय गर्न सफल भएका अभिकर्ताहरुको मुख्य भूमिका रहेकोमा दुईमत नरहेको बताए । उनले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँ नयाँ योजनहरु प्रस्तुत गरेको र सोही क्रममा नेपाली सिने जगतका चर्चित कलाकार एवं वौद्धिक व्यक्तित्व महानायक हमालसँग साक्षात्कार गराई उनको अनुभवबाट केही प्रेरणा लिन सकिने गरी भदौ महिनामा सफलताको सुरुवात योजना प्रस्तुत गरिएको र यो योजनाबाट अभिकर्ताहरु उत्साही भई देशैभरिबाट करिब ३०० जना अभिकर्ताहरु छनौट हुनबाट पुष्टि भएको बताए ।

देशैभरिबाट कार्यक्रममा छनौट भई सहभागि हुने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान पत्रबाट सम्मानित गरेका थिए ।

यसैगरी, कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किल सम्बन्धमा तालिम प्रदान गरेका थिए ।

कार्यक्रममा महानायक हमालले यो स्थानमा आइपुग्न आफूले सिनेजगतमा गरेको संघर्ष तथा निरन्तरताले मात्र सम्भव भएको बताउँदै जुनसुकै पेशा अपनाउने व्यक्तिले पनि आफ्नो पेशालाई निरन्तरता दिँदा आपूmले लिएको जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न सकिन्छ भन्ने विचार व्यक्त गरे ।

मनोरञ्जनात्मक प्रस्तुतीसहित सम्पन्न कार्यक्रममा सहभागि अभिकर्ताहरुले हमालसँग साक्षात्कार गर्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट वृत्ति विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।