
काठमाडौं, १४ कात्तिक । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य २७०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार २ लाख ३६ हजार ३ सय रुपैयाँले तय भएको सुन आज प्रतितोला २ लाख ३९ हजारले कायम भएको हो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ६० रुपैयाँले कारोबार भएको छ ।









प्रतिक्रिया