२ असार २०८३, मंगलबार

मुग्लिन–नारायणगढ सडक : तुइन खोलामा खुलाइयो बाटो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १४ कात्तिक । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोला पुलनजिक बाटोमा सवारीसाधन सञ्चालनमा ल्याइएको छ । शुक्रबार (कात्तिक १४) बिहान उक्त स्थानमा ढुंगा खस्दा सवारी आवागमन अवरुद्ध भएको थियो ।

ढुंगा झर्ने क्रम रोकिएसँगै सवारीसाधन सञ्चालनमा ल्याइएको सडक डिभिजन भरतपुरले जनाएको छ । “मुग्लिन नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै माथिबाट ढुंगाहरू झर्दा सवारी आवागमन अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ,” सडक डिभिजनले शुक्रबार बिहान सवा ९ बजे जारी गरेको सूचनामा उल्लेख छ, “ढुंगाहरू झर्ने क्रम रोकिएकोले मेसिनको प्रयोग गरी पहिरो हटाउने कार्य सुचारु भइरहेको छ ।”

वर्षाको समयमा यो क्षेत्रमा पहिरोको उच्च जोखिम हुने भएकाले बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न सडक डिभिजनले आग्रह गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ मा पर्ने उक्त क्षेत्रमा यसअघि पहिरोका कारण लामो समय सडक अवरुद्ध भएको थियो ।