३२ असार २०८३, बिहिबार

इजरायली आक्रमणपछि लेबनानका राष्ट्रपतिद्वारा प्रतिकार गर्न सेनालाई आदेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेरुत, १३ कात्तिक । लेबनानको दक्षिणी क्षेत्रमा इजरायली आक्रमणपछि यसको सामना गर्न लेबनानका राष्ट्रपति जोसेफ आउनले आफ्नो सेनालाई बिहीबार निर्देशन दिएका छन् । लेबनानी प्रेसिडेन्सीबाट जारी विज्ञप्तिमा उनले लेबनानी सशस्त्र बलका कमान्डर रोडोल्फ हायकलसँगको भेटका क्रममा उक्त कुरा बताएको उल्लेख गरिएको छ ।

राष्ट्रपतिले यस आक्रमणलाई जारी इजरायली आक्रमणको एक भागको रूपमा निन्दा गरे । युद्धविराम अनुगमन समितिको बैठकपछि यो आदेश भएको हो ।

उनले समितिलाई नोभेम्बर २०२४ को युद्धविराम सम्झौताका सर्तहरूको सम्मान गर्न तर उल्लङ्घनको दस्तावेजीकरण भन्दा अगाडि बढ्न र लेबनानी सार्वभौमिकताको उल्लङ्घन रोक्न इजरायललाई दबाब दिन ठोस कदम चाल्न आग्रह गरे ।

बुधबार बिहान १ः३० बजे लेबनानी ब्लिडा गाउँमा इजरायली सेनाले सीमाभन्दा एक किलोमिटर भन्दा बढी अगाडि बढ्दै घुसपैठ गरेको लेबनानले जनाएको छ ।

लेबनानको राष्ट्रिय समाचार संस्था (एनएएनए)का अनुसार इजरायली सेनाले ब्लिडा नगरपालिका भवनमा आक्रमण गरेको थियो । ब्लिडा नगरपालिकाका कर्मचारी इब्राहिम सलामेहले नगरपालिका कार्यालयमा बसी कार्यालयको सुरक्षा दिइरहेका समय रातिको समयमा उहाँलाई इजरायली सैनिकहरूले गोली हानी हत्या गरेका मारेका एनएएनएले समाचारमा जनाएको छ ।

इजरायली सेनाले आफ्नो सेनाले ब्लिडामा रातभर कारबाही गरेको पुष्टि गरेको छ र हिजबुल्लाहको पूर्वाधार नष्ट गर्ने अभियानको क्रममा ‘तत्काल खतरा’ पहिचान गरेपछि उनीहरूले गोली चलाएको बताएको छ । घटनाको समीक्षा भइरहेको बताइएको छ ।

स्थानीय बासिन्दाहरूले इजरायली सेनाको कारबाहीको क्रममा भवनबाट मद्दतको लागि बिहान ४ः०० बजेसम्म चिच्याएको जनाएका छन् । उनीहरूका अनुसार इजरायली सेना स्थानीय समय अनुसार बुधबार राति नै आफ्नो सीमातर्फ फिर्ता भएको थियो ।

सन् २०२४ नोभेम्बर २७ देखि संयुक्त राज्य अमेरिका र फ्रान्सको मध्यस्थतामा हेजबुल्ला र इजरायलबीच युद्धविराम सम्झौता लागू भएको थियो । सम्झौताले गाजा पट्टीमा युद्धको बीचमा दुई पक्षबीच भएको झडपलाई धेरै हदसम्म समाप्त गरेको थियो ।

सम्झौताको बाबजुद इजरायली सेनाले लेबनानमा यदाकदा आक्रमणहरू जारी राखेको छ । इजरायली सेनाले हिजबुल्लाह समूह आफ्ना लागि ‘खतरा’ भएको बताउँदै आएको छ र लेबनानी सीमामा पाँच मुख्य स्थानहरूमा आफ्नो सेनाको तैनाथीलाई कायम राखेका छन् । सिन्ह्वा