१४ कार्तिक २०८३, शनिबार

नेकपा एसको बैठकमा पार्टी एकताबारे छलफल जारी

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता बामदेव गौतमले केन्द्रीय कमिटी बैठकमा बृहत पार्टी एकता गर्ने सम्बन्धमा छलफल भएको बताएका छन् ।

बिहीबार भएको केन्द्रीय कमिटी बैठकपश्चात उनले बैठकमा पार्टी एकताबारे छलफल भएको र भिन्नभिन्न मत आएको भन्दै यसबारे विस्तृत छलफल भइरहेको बताए । उनका अनुसार बैठकमा कसैले पार्टी एकता अहिले गर्नु हुँदैन् एक्लै अगाडि बढ्नु पर्छ भन्ने धारणा राखेका छन् भने कसैले पार्टी एकता गरेर अगाडि बढ्नु पर्ने धारणा राखेको छन् ।

‘बैठकमा बृहत पार्टी एकता गर्ने सम्बन्धमा छलफल भयो । यसबारेमा पार्टीमा भिन्नभिन्न मतहरु आएका छन् । कसैले पार्टी एकता अहिले गर्नु हुँदैन् हामी एक्लै अगाडि बढ्नु पर्छ भन्ने कुरा गर्नु भएको छ, भने कतिले भने आजको परिस्थितिले हामीलाई पार्टी एकता गर्ने स्थानमा पुर्‍याएको छ । कम्युनिष्टहरु एउटै पार्टीमा एकताबद्ध हुनुपर्छ र त्यस्तो भयो भने मात्र हामीले सबै किसिमका प्रतिक्रियावादीहरुलाई समाप्त गरेर जनताको बहुदलीय जनवाद, जनताको समाजवाद निर्माण गर्न सक्छौँ भन्ने विषय राख्नु भएको छ,’ उनले भने । साथै, बैठक भोलिसम्म जारी भएको हुनाले निर्णय भोलि मात्र आउने पनि उनको भनाई छ ।