२४ असार २०८३, बुधबार

विश्वकप क्रिकेट लिग–२ : नेपालको लगातार दोस्रो हार

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । आईसीसी विश्वकप लिग–२ मा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग ५ विकेटले पराजित भएको छ ।

बिहीबार नेपालले दिएको २ सय ३४ रनको लक्ष्य युएईले ४३ दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

युएईका लागि ओपनर आर्यन्श शर्माले सर्वाधिक ९८ रन बनाए । अलिशान सराफुले ४५ तथा मुहम्मद वासीमले २६ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३४ रन दिएर २ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको शतकमा ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो ।

यूएईमा जारी त्रिदेशीय शृंखलामा यो नेपालको लगातार दोस्रो हार हो । यसअघि नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो ।