६ श्रावण २०८३, बुधबार

गृहमन्त्री हटाउन बालेनले दबाब दिएका छैनन् : प्रधानमन्त्रीको सचिवालय

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन लागिएको भन्ने प्रचार गलत भएको बताएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गृहमन्त्री अर्याललाई हटाउन दबाब दिइरहेको भन्ने समाचारप्रति प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको हो ।

“विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले दबाब दिइरहेको भनी विभिन्न सञ्चारमाध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ ।” प्रधानमन्त्री कार्कीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन ।”