९ असार २०८३, मंगलबार

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रसले दिए राजीनामा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)बीच भएको सम्झौताको अवधि सकिनुअघि नै अस्ट्रेलियाली प्रशिक्षक रसले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनको प्रशिक्षणमा नेपाली टोलीले एएफसी एसियन कप २०२७ को छनोट लगायतका महत्वपूर्ण खेलहरू खेलेको थियो ।

उनी एक वर्षको सम्झौतासहित २०८१ फागुन १८ गते नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।