
काठमाडौं, १३ कात्तिक । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल आज यूएईसँग भिड्दै छ । नेपाल र यूएईबीचको खेल बिहान ११:१५ बजे सुरु हुनेछ ।
लिग–२ अन्तर्गत यूएई सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबकाबीच खेल्दैछ ।
लिग–२ सिरिजमा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्ष स्थानमा छ ।
दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मंगलबार राति भएको खेलमा अमेरिकाले युएईलाई चार विकेटले हराएको थियो । यसअघि सिरिजको पहिलो खेलमा अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो ।








प्रतिक्रिया