काठमाडौं, १२ कार्तिक । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले निलम्बनविरुद्ध दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ।
न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै रिट खारेज गरेको हो।
जेठ २० गते निलम्बनमा परेका पाण्डेले सो निर्णयविरुद्ध रिट दायर गरेका थिए। अदालतले सुरुवातमा अन्तरिम आदेश दिए पनि अन्ततः रिट खारेज भएपछि उनी पुनः निलम्बनमा पर्ने भएका छन्।
पाण्डेमाथि मेयर बालेन शाहको निर्देशनमा प्रशासकीय अधिकृत सरोज गुरागाईलाई कार्यालय प्रवेशमा रोक लगाएको आरोप छ। गुरागाईले स्पष्टिकरण असन्तोषजनक भन्दै उनलाई निलम्बन गरेका थिए।








प्रतिक्रिया