२ श्रावण २०८३, शनिबार

संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, कारण माग

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कार्तिक । संसद विघटनविरूद्व परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ गर्दै बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो। अधिवक्ताहरू डा. प्रेमराज सिलवाल, कीर्तिनाथ शर्मा पौडेल, खडकबहादुर शाह, दलबहादुर धामी, प्रकाश भुजेल, विपीन ढकाल, आभाष पोखरेल, विमल पोखरेल, डा. पुण्यप्रसाद खतिवडा र शेरबहादुर रोकायाले छुट्टाछुट्टै रिट दायर गरेका छन् ।

त्यसबाहेक कानुनका विद्यार्थी आयुष बडाल, अभियन्ता मकबुल मियाँ, डम्बरप्रसाद शिवाकोटी, आयुष भण्डारीले पनि छुट्टाछुट्टै रिट दायर गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्ति गरेर उनकै सिफारिसमा प्रतिनिधिसभा विघटन गरेका थिए ।