काठमाडौं, १२ कार्तिक । जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटेको पेस्तोल पड्काउँदै भिडिओ बनाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोटको लिखु गाउँपालिका–६ घर भएका २३ वर्षीय समीर श्रेष्ठ र काभ्रेको पनौती नगरपालिका–१० का २३ वर्षीय एलेक्स नेपाली छन् ।
उनीहरूले घरको छतमा बसेर चुरोट तान्दै लुटिएको पेस्तोल पड्काएपछि उनीहरूको पहिचान भएको हो ।
उनीहरूको साथबाट लुटिएको पेस्तोल, म्याग्जिन र १२ राउण्ड गोली पनि बरामद भएको छ ।








प्रतिक्रिया