२७ असार २०८३, शनिबार

बैठक फेसबुकमा लाइभ गर्न सात निकालयलाई खेलकुद मन्त्रालयको सर्कुलर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कार्तिक । युवा तथा खेलकुद मन्त्रालयले सबै बैठक फेसबुक लाइभ गर्न मातहतका सातवटा निकायलाई सर्कुलर जारी गरेको छ ।

मन्त्रालयले खेलकुद परिषद, राष्ट्रिय युवा परिषद, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, नेपाल स्काउट, राष्ट्रिय एन्टिडम्पिङ एजेन्सी, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति धनगढीलाई पत्राचार गर्दै लाइभ गर्न सर्कुलर गरिएको हो ।

मन्त्री बब्लु गुप्ताले पदभार ग्रहण लगत्तै बैठकको प्रत्यक्ष प्रशारण गर्ने पहिलो निर्णय गरेका थिए ।