२५ जेष्ठ २०८३, सोमबार

राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कतारको दोहामा आयोजना हुने सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलभमेन्ट विषयक कार्यक्रममा सहभागी हुन पौडेलको नेतृत्वमा कात्तिक १७–२० सम्म हुने औपचारिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, संघीय संसद्का पदाधिकारीको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची २ हेरफेरको निर्णय भएको छ । स्वकीय सचिवको सुविधा हटाउने निर्णय भएको उनले बताए ।

राष्ट्रियसभामा रिक्त पदको निर्वाचन माघ ११ गते गर्ने निर्णय भएको खरेलले बताए ।