– रेखा न्यौपाने
नेपालको राजनीतिक इतिहासमा हालसम्म केही नेता मात्र त्यस्ता छन् जसलाई समयले भुल्न सक्दैन । कतिपयले आलोचना गर्छन्, कतिपयले बिर्सन खोजे पनि जब देश संकटमा पर्छ जनताले उहाँलाई नै सम्झन्छन् । साहसी दृढ र राष्ट्रप्रेमी नेतृत्व चाहियो भने सबैको मुखमा उहाँकै नाम आउँछ । इतिहासको ढुंगेपाटोमा टीका लगाएर उभिएका पात्र कहिल्यै भुलाइँदैनन् । त्यही पात्र हुनुहुन्छ- पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ।
विडम्बना त के छ भने ओलीलाई बिर्सन खोज्नेहरूकै समयले उहाँलाई फेरि फेरि सम्झिने बनाइरहन्छ ।
जसलाई उहाँका विरोधीहरूले हराउन खोज्छन् तर देशले आदर्श बनाएर उठाइरहन्छ । विडम्बना त के छ भने ओलीलाई बिर्सन खोज्नेहरूकै समयले उहाँलाई फेरि फेरि सम्झिने बनाइरहन्छ । यो सम्झना केवल व्यक्तिगत करिश्माको कारणले होइन, यो त देशप्रतिको ठोस दृष्टिकोण र निर्णय क्षमताको कारण हो । जनताले भन्ने गरेका छन् आश जो बाट हुन्छ आलोचना पनि उनैको गरिन्छ । साहसी, दृढ र राष्ट्रप्रेमी नेतृत्व चाहियो भने राष्ट्रको आवाज नै ओलीको नामबाट गुन्जमान बन्छ । केपी शर्मा ओली जीवन, संघर्ष, उपलब्धी र नेतृत्वशैलीको उदारणीय मिश्रण हुनुहुन्छ । उहाँलाई बुझ्दा थाहा हुन्छ कसरी एक व्यक्तिको अडानले देशको दिशा परिवर्तन गर्न सक्छ, कसरी एकको दृष्टि र निर्णयले जनताको विश्वास र आत्मसम्मानलाई मजबुत बनाउन सक्छ ।
बाल्यकालदेखि राजनीतिक यात्रा
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म एक साधारण परिवारमा भएको हो । बाल्यकालमै उहाँले समाजमा असमानता र न्यायको कमी देख्नुभयो । यी कठिनाइहरूले उहाँलाई न तोड्यो न हतोत्साहित गरायो । उहाँका बुबा र गाँउका मान्यजनका कुरा सुन्ने हो भने उहाँ बाल्यकालदेखि नै अध्ययनशील, संवेदनशील र न्यायप्रिय हनुहुन्थ्यो ।
अनुभवहरूले उहाँलाई समाजको दःख बुझ्ने, जनताको लागि काम गर्ने र देशका लागि कदम चाल्ने नेतृत्वको रुपमा तयारी गराएको रहेछ ।
विद्यालयको जीवनमा उहाँले देखेका गाउँ–सहरको भोक, मेहनत गर्ने आमाबुबा, संघर्षशील परिवार अनि समाजमा रहेका असमानता । यी अनुभवहरूले उहाँलाई समाजको दःख बुझ्ने, जनताको लागि काम गर्ने र देशका लागि कदम चाल्ने नेतृत्वको रुपमा तयारी गराएको रहेछ । उहाँ स्कूलबाट फर्किँदा गाउँको गल्लीमा बच्चाहरूको खेल र गरिब बालबालिकाको कठिन जीवन देखेर समाजलाई मनन् गर्न खोज्नु हुन्थ्यो रे । विद्यालयको कक्षाकोठामा किताब पढ्दा मात्रै होइन, सडकमा हिँड्दा हिँड्दै उहाँले राजनीति र नेतृत्वका कुरा सिक्दै जानुभएको कुरा कहिलेकाँही युवाहरुबीच सुनाउने गर्नु हुन्छ ।
संकटमा अडान : नाकाबन्दी र राष्ट्रिय स्वाभिमान
२०७२/२०७३ को भारत नाकाबन्दीले नेपालमा जीवन अस्तव्यस्त बनायो । खाद्य, ऊर्जा, र रोजगारी संकट उत्पन्न भयो । बजारहरु खाली भए, घर परिवारमा डर फैलियो तर ओलीले देखाउनुभएको साहस र स्पष्ट अडानले जनतामा विश्वास जगायो । उहाँ स्पस्ट हुनुहुन्थ्यो, देशको स्वाभिमान र सार्वभौमिकता कायम राख्नुपर्छ, विदेश नीति सन्तुलित रहनुपर्छ र सबैसँग समानताको आधारमा सम्बन्ध राख्नुपर्छ । उहाँले जनतालाई सन्देश दिनुभयो कि कठिन परिस्थितिमा नेतृत्व ढल्दैन, अझ सतिसालझैँ उभिन्छ । जनताले महसुस गरे देशको भविष्य सुरक्षित राख्न नेतृत्व सक्षम छ । उहाँ आम मानिससँगै सडकमा उभिनुभयो, समस्या सुन्नुभयो, समाधान खोज्नुभयो र जनताको विश्वासमा वृद्धि भयो ।
भू-राजनीतिक नेतृत्व : नक्सा र सीमाको संरक्षण
कालापानी, लिम्पियाधुरा र लिपुलेक, यी क्षेत्रहरू दशकौंदेखि विवादित थिए । नेपाली जनताले सीमा विवादका कारण भोगेका पीडा र असन्तोष हरेकका आँखामा झलझल देखिन्थ्यो । ओलीले यसमा पनि महत्वपर्ण आँट देखाउनुभयो । उहाँले संसदबाट नयाँ नक्सा पारित गराएरै छाड्नुभयो । यो केवल राजनीतिक कदम थिएन । यो नेतृत्वको सहास र राष्ट्रप्रेमको प्रतिफल थियो ।
जनताले महसुस गरे, मुस्कुराए, आखाँभरि आँसु पारे दुःखको हैन खुसी र सम्मानको । सन्देश बन्यो आफ्नो देशको सीमामा हरेक इन्चको सुरक्षा र पहिचान सुनिश्चित गर्न सकिन्छ र सक्नुपर्छ भन्ने । नक्सा केवल कागजमा हैन, नेपाली स्वाभिमानको शिरमा सजियो । सिंहदरवारका भित्ता र संविधानमा मात्र नभएर नेपालको फैलिएको आकार स्कूलका विद्यार्थीहरूले पाठ्यपुस्तकमा देखे, बुजुर्गहरूले आफ्नो मनले अनुभव गरे ।
विकास र पूर्वाधार : समृद्ध नेपाल, सुखी नेपाल
ओलीको नेतृत्वमा नेपालले पहिलो पटक ठूलो विकासको सपना देख्यो । सडक, पुल, सुरुङमार्ग विस्तार हुँदै गयो । गाँउ र शहर जोडियो । विद्युत् उत्पादन बढ्यो । अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र विस्तार भयो । जलविद्युत लगानीमा प्रोत्साहन बढ्यो । रेल र पानीजहाजको प्रारम्भिक योजना अघि बढ्यो । जनताले सपना देख्न सुरु गरे । जनताले प्रत्यक्ष अनुभव गर्न थाले कि देश बदलिन थालेको छ । नयाँ सडकले हिमाल, पहाड र तराइ जोड्यो, बिजुलीले घर उज्यालो भयो, उद्योग र व्यापार बढ्न थाल्यो । विकास केवल कागजमा नभई, जनताको जिवनमा प्रत्यक्ष जोडिएर देखियो ।
ओली सरकारमा रहँदा ग्रामीण क्षेत्रमा विद्यालय र स्वास्थ्य केन्द्र स्थापना भए । शिक्षक र स्वास्थ्यकर्मीहरूको प्रशिक्षण बढ्यो । जनतालाई सेवा घरद्वारमा पुग्ने भयो । बालबालिकाले पढ्ने मौका पाए, बिरामीले उपचार पाउन थाले ।
शिक्षा र स्वास्थ्य सुधार
ओली सरकारमा रहदा शिक्षा र स्वास्थ्य क्षेत्रमा मनग्य सुधार देखिएको छ । ग्रामीण क्षेत्रमा विद्यालय र स्वास्थ्य केन्द्र स्थापना भए । शिक्षक र स्वास्थ्यकर्मीहरूको प्रशिक्षण बढ्यो । जनतालाई सेवा घरद्वारमा पुग्ने भयो । बालबालिकाले पढ्ने मौका पाए, बिरामीले उपचार पाउन थाले । जनताले महसुस गरे सरकारी सेवा अब जीवनको अभिन्न हिस्सा बनेको छ । गाउँका बुढा–बुढी, आमा–बुबा, बच्चा सबैले अनुभव गरे, नेता र नेतृत्व आम मानिससंगै छ । गाँउ–गाँउ सडक–सडक मै छ ।
संकट व्यवस्थापन : कोरोना महामारीमा नेतृत्व
कोभिड–१९ महामारीले विश्वलाई थर्कायो । नेपालमा स्वास्थ्य पूर्वाधार न्यून थियो । तर ओलीको नेतृत्वले चुनौतीलाई अवसरमा बदल्यो । उहाँ जनताको बीचमा रहनुभयो । कठिनाइ र चुनौतीका बीच निःशुल्क खोप कार्यक्रम सुरु गर्नुभयो । स्वास्थ्य सुविधा विस्तार गर्नुभयो । उहाँले जीवन रक्षालाई प्राथमिकता राख्नुभयो ।
जनताले बुझे, संकटको घडीमा नेतृत्व ढल्दैन अझ मज्बुत उभिन्छ । महामारीमा देखाइएको उहाँकै अडानले जनतालाई आत्मविश्वास दियो र सरकारको भूमिका अझ बलियो र सम्झनलायक बनायो ।
जनता नजिक : अनुभव र विश्वास
केपी शर्मा ओली केवल पदमा बस्ने नेता हुनुहुन्न, उहाँ जनताको बीचमा गएर वास्तविक समस्या बुझ्ने नेता हुनुहुन्छ । गाउँ–सहर घुम्दै, सडक, पुल, विद्यालय र स्वास्थ्य केन्द्र निरीक्षण गर्दै उहाँले समस्याको प्रत्यक्ष अनुभव गर्नुहुन्छ । हेर्दै घुम्दै उहाँ समस्याहरूको प्रत्यक्ष अनुभव गर्नुहुन्छ । जनतासंग सिधा संवाद गर्नुहुन्छ । झरीमा निरीक्षण गर्दा कतिपटक पानीमा छालिएका सडक देख्नुभएको छ अनि तुरुन्तै समाधानको योजना बनाउनुभएको छ । जनताले महसुस गरे कि नेता केवल टेबलमा बस्दैन, हामी संगै हिड्छ । यसले जनताको विश्वास र उहाँसंगको भावनात्मक सम्बन्ध बलियो बनायो ।
विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्ध
ओलीको विदेश नीति सदैव सन्तुलित रहन्छ । कुनै पक्षसंग अत्यधिक झुकाव भएन र हुँदैन । ओलीको पालोमा सबै राष्ट्रसँग आत्मसम्मान कायम राख्ने कूटनीति अपनाइन्छ र अप्नाइँदै आएको पनि छ । यही कुटनीति शैलीले ओलीको पालोमा नेपाललाई विश्वमञ्चमा सम्मानीत स्थान दिलायो । अन्तर्राष्ट्रिय सम्बन्धले व्यापार, कनेक्टिभिटी र सुरक्षा सुनिश्चिताको लाभ नेपाललाई पुर्याउनमा ओलीको हात रहेको कसैले नकार्न सक्दैन ।
विरोध र आलोचना
केपी शर्मा ओलीको दृढता र राष्ट्रप्रेम केहीको असहजता पनि बन्यो । राष्ट्रवादी अडानले विरोध उत्पन्न भयो । स्पष्ट भाषणले आलोचना बढायो । दीर्घकालीन योजनाले राजनीतिक दबाव सिर्जना गर्यो । तर इतिहासले केवल सहास र उपलब्धी मापन गर्छ । आलोचना पनि इतिहासको हिस्सा हो तर उपलब्धी र नेतृत्वको प्रभाव त्यस्लाई कुल्चने दीर्घकालीन औजार हुन्छ ।
नचाहँदा पनि याद गरिने कारण
केपी शर्मा ओलीलाई जनताले सम्झने कारणहरू स्पष्ट छन् । उहाँको संकटमा निर्णय क्षमता, राष्ट्रको स्वाभिमान बचाउने अडान, विकासको दृष्टि, जनताको विश्वास कायम राख्ने प्रतिबद्धता अविस्मरणीय र कालजयी छन् ।
ओली केवल नेता हुनुहुन्न उहाँ नेतृत्वको प्रतिक हुनुहुन्छ । जनताले उहाँमाथी भरोसा गर्छन् किनभने उहाँ निर्णय र कार्यमा दृढ हुनुहुन्छ ।
भविष्यको दृष्टि
केपी शर्मा ओलीको दृष्टि स्पष्ट छ । ऊर्जा र पूर्वाधारमा आत्मनिर्भरता, क्षेत्रीय कनेक्टिभिटी र व्यापार वृद्धि, समाज र अर्थतन्त्रमा समृद्धि, र राष्ट्रिय स्वाभिमान कायम राख्ने उहाँका लुकाउन खोज्दा पनी नलुक्ने योजनाहरु हुन् । नेपालका लागि यो दृष्टिले दीर्घकालीन योजनाको आधार तयार पार्छ । जनताले बुझ्नुपर्छ र बुझेकानै छन् देशको भविष्य सुरक्षित छ, नेतृत्व सक्षम छ ।








प्रतिक्रिया