९ कार्तिक २०८३, सोमबार

नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कार्तिक । नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले पदबाट राजीनामा दिएका छन् । उनले आज प्रहरी प्रधान कार्यालयमा पुगेर राजीनामा बुझाएका हुन् ।

उनी सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत थिए । उनले पारिवारिक कामका कारणले राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनी बढुवाका लागि सिफारिसमा परे पनि बढुवा भने भएका थिएनन् ।

उनको राजीनामा स्वीकृत हुन भने बाँकी छ ।