काठमाडौं, १२ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेमा फर्कन चाहनेहरूलाई फर्कन चुनौती दिएका छन् ।
पार्टी केन्द्रीय समिति बैठकमा उनले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरू पार्टी छोडेर एमालेमा जान सक्ने बताएका हुन् ।
एमाले विरुद्ध विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम नभएको उनको भनाइ थियो ।
उनले भने, ‘एमाले विरुद्ध विद्रोहको औचित्य छैन भन्ने कुरामा कुनै दम छैन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नु बाहेक केही होइन।’
पार्टीमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुषाल, नेतृ रामकुमारी झाँक्री लगायतले एमालेसँगको विद्रोहको औचित्य अझै पुष्टि हुन नसककेको दावी गरिरहेका छन् ।









प्रतिक्रिया