८ असार २०८३, सोमबार

बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयको अवरोध, गाडीहरूलाई प्रवेश गर्ने दिईएन

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कार्तिक । नुवाकोटको धुनिबेशी नगरपालिका–१ बन्चरेडाँडामा रहेका ल्यान्डफिल साइटका प्रभावित स्थानीयले आन्दोलन थालेपछि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकिएको छ।

पहिले भएका सम्झौताहरू कार्यान्वयन नगरेको भन्दै स्थानीयहरूले फोहोर विसर्जनका गाडीहरू साइटमै प्रवेश गर्न नदिई फर्काइदिएका छन्।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले फोहोरका गाडीहरू बाटोमै रोकिएको बताइन्। उनका अनुसार स्थानीयहरूले बीच बाटोमै गाडीहरू रोकिदिएका हुन् जसका कारण विसर्जन कार्य ठप्प छ।

स्थानीयहरूले बन्चरेडाँडाका बस्तीहरूलाई ३–४ हजार मिटर पर सार्ने, फोहोरलाई कुहिने–नकुहिने छुट्याएर मल कारखाना सञ्चालन गर्ने र गुठी जग्गाको ९० प्रतिशत उपभोग गर्न पाउने माग राख्दै आएका छन्।