३० असार २०८३, मंगलबार

बिना सुरक्षाकर्मी एक्लै पार्टीको बैठकमा पुगे माधव नेपाल

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका सम्पूर्ण सुरक्षाकर्मी फिर्ता भएका छन् ।

हिजो गृहमन्त्रालयले उनको सम्पूर्ण सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेसँगै आज फिर्ता भएका हुन् । उनी आज पार्टीको बैठकमा बिना सुरक्षाकर्मी पुगेका हुन् ।

उनीसँग निजी सुरक्षा अधिकृत (पीएसओ) समेत थिएनन् ।

पूर्वप्रधानमन्त्रीलाई सरकारले सुरक्षा सुविधा दिँदै आएकामा उनी पतञ्जलीको जग्गामा भ्रष्टाचार अभियोगमा अभियुक्त रहेको भन्दै सम्पूर्ण सुरक्षा सुविधा फिर्ता लिएको हो ।