७ असार २०८३, आइतबार

अल्टिच्युट एयर दुर्घटनाः क्याप्टेन खड्काको अवस्था सामान्य, थप उपचारका लागि काठमाडौं ल्याइँदै

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको अल्टिच्युट एयरका क्याप्टेन विवेक खड्कालाई थप उपचारका लागि काठमाडौं ल्याइने तयारी भएको छ ।

दुर्घटनापछि उनको अवस्था सामान्य रहेको लुक्का पर्यटन व्यवसायी नुर्बु शेर्पाले जानकारी दिए । ‘उहाँको शरीरको बाहिरी भागमा सामान्य चोट छ, अहिले आत्तिनुपर्ने केही छैन’, शेर्पाले भने ।

शेर्पाका अनुसार क्याप्टेन खड्कालाई थप उपचारका लागि लुक्लाबाट हेलिकोप्टरमार्फत रामेछाप विमानस्थल ल्याइने र त्यहाँबाट नियमित जहाजमार्फत काठमाडौं ल्याइनेछ ।

क्याप्टेन खड्का पर्यटक उद्दारका लागि ९ एन एएमएसको हेलिकोप्टर लिएर आज बिहान लोबुचे पुगेका थिए ।