काठमाडौं, ११ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका सबै सुरक्षाकर्मी फिर्ता बोलाइएको छ ।
आज गृहमन्त्रालयले उनको सुरक्षामा खटिएका २ जना नेपाल प्रहरी र १६ जना सशस्त्र प्रहरी फिर्ता बोलाएको हो ।
पतञ्जली जग्गा प्रकरणमा मुछिएका नेपाल भ्रष्टाचार मुद्दाको अभियुक्त भएको भन्दै सबै सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय भएको बताइएको छ ।








प्रतिक्रिया