
काठमाडौं, ११ कात्तिक । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई वण्डर्स नेपाल प्रालिद्धारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै बैंकका ग्राहकहरुले काठमाडौं, कमलादीमा रहेको स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
कम्पनीसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।








प्रतिक्रिया