३० जेष्ठ २०८३, शनिबार

जेनजी अन्दोलनका क्रममा भएका घटनाहरूको प्रमाण संकलनका लागि एमालेले खोल्यो सूचना बैंक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कार्तिक । नेकपा (एमाले) ले जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र तोडफोडका घटनाको प्रमाण संकलनका लागि सूचना बैंक सञ्चालनमा ल्याएको छ।

पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार आन्दोलनका समयमा टिकटक, रिल र अन्य माध्यमबाट सार्वजनिक भएका भिडिओ र फोटोहरूलाई प्रमाणका रूपमा सुरक्षित गर्न डेस्क स्थापना गरिएको हो।

हालको सरकारले दोषीलाई उन्मुक्ति दिएपनि भविष्यमा कानूनी कारबाहीका लागि सबै प्रमाणहरू एक ठाउँमा संकलन गर्न लागिएको एमालेले बताएको छ।