२४ असार २०८३, बुधबार

बीपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिकामा कार दुर्घटना, १ जनाको मृत्यु, २ जना घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, ११ कार्तिक । बीपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका-६, चैनपुरमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन्।

मोरङ, विराटनगर-१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलले चलाएको बा ७ च ७५५४ नम्बरको कार विराटनगरबाट काठमाडौँतर्फ जाँदै गर्दा बिहान सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

चालक अर्चेलको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएका छन्।