१ श्रावण २०८३, शुक्रबार

प्रहरी जवान हत्या प्रकरण : थप २ जना पक्राउ

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कार्तिक । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरी जवान उत्तम थापाको हत्या प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ घर भएर सुकेधारा बस्ने २२ वर्षीय अलिष श्रेष्ठ र रसुवा उत्तरगया गाउँपालिका–४ घर भएर मनमैजु बस्ने २७ वर्षीय सौरभ तामाङ छन् ।

उनीहरूले थापालाई कुटपिट गरेको सीसीटीभी फुटेजको आधारमा पक्राउ गरिएको हो ।