२५ जेष्ठ २०८३, सोमबार

जेनजी आन्दोलनप्रति ज्योति मगर– यो क्रान्ति होइन, अराजकता र भाँडभैलो हो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । गायिका ज्योति मगरले पछिल्लो जेनजी आन्दोलनले क्रान्तिको नाममा मुलुकमा अराजकता र भाँडभैलो मच्चिएको बताएकी छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेकी छन्, ‘आज जे भइरहेको छ, यो क्रान्ति होइन, अराजकता र भाँडभैलो हो ।’

नेपालमा भएका हरेक परिवर्तन नेपाली जनताको हकहितका लागि नै भएको उनले बताइन् । ‘म एक नेपाली नागरिक भएको हैसियतले एउटा कुरा ठोकेरै भन्छु नेपालमा भएको हरेक आन्दोलनहरु (राणा शासनविरुद्ध, पञ्चायतविरुद्ध, जनयुद्ध, राजतन्त्रविरुद्ध) जति पनि भए व्यवस्था परिवर्तनको लागि र नेपाली जनताको हकहितका लागि क्रान्ति थियो’ ज्योतिले भनेकी छन्, ‘भलै लिडरहरुले हाम्रो अपेक्षा पूरा गरे/गरेन त्यो फरक हो तर आज जे भैरहेको छ यो क्रान्ति होइन यो अराजकता र भाँडभैलो हो… (केटाकेटी आए, गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानास)’

उनले जेनजी आन्दोलनपछिको परिस्थितिलाई ‘केटाकेटी आए गुलेली खेलाए मट्यांग्राको नास’ समेत भनेकी छन् । साथै, उनले देशको झण्डा ओढेर देश जलाउनेहरुलाई आफ्नो पोस्टमा गाली बर्साउन व्यङ्ग गरेकी छन् ।

‘ल अब गाली बर्साउनुस देशको झण्डा ओढेर देश जलाउने सच्चा देशभक्तहरु…’ ज्योतिले भनेकी छन् ।