७ श्रावण २०८३, बिहिबार

अदालतमा आगजनी गर्नेविरुद्ध जाहेरी दिने सर्वोच्च फुलकोर्टको निर्णय

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कार्तिक । जेनजी आन्दोलनका नाममा २३ वटा अदालतमा आगजनी तथा तोडफोड गर्नेविरुद्ध सर्वोच्च अदालतले प्रहरीमा जाहेरी दिने निर्णय गरेको छ।

भदौ २४ गते भएको आन्दोलनमा सर्वोच्चसहित देशभरका अदालतहरूमा आगजनी भएको थियो। फुलकोर्ट (सबै न्यायाधीशहरूको बैठक) ले संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाउन निर्देशन दिएको हो।

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार सबै अदालतले आफ्नो जिल्लाको प्रहरी कार्यालयमा क्षतिको विवरणसहित जाहेरी दिने तयारी गरेको छ।

आगजनीबाट सर्वोच्च र अन्य अदालतका भवन, सवारीसाधन र लाखौँ मुद्दाका फाइलहरू जलेका छन्।