९ असार २०८३, मंगलबार

अलैंचीको निर्यात ३३ प्रतिशतले बढ्यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । चालु आर्थिक वर्ष (आव) २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)सम्म अलैंचीको निर्यात ३३ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आवको सोही अवधिको तुलनामा अलैंची निर्यात बढेको पाइएको हो ।

विभागका अनुसार आव २०८२/८३ को असोज सम्म १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको छ । यो निर्यात गत आवको सोही अवधिको तुलनामा ३३ प्रतिशत धेरै हो ।

गत आव २०८१/८२ को सोही अवधिमा नेपालबाट १ अर्ब २६ करोड २१ लाख ७८३ मेट्रिक टन मात्रै अलैंची निर्यात भएको थियो । नेपालबाट निर्यात हुने मुख्य वस्तुमध्ये अलैंची पनि पर्दछ ।

विभाका अनुसार पहिलो त्रैमासमा अन्तर्राष्ट्रिय व्यापारमा नेपालको आयातको हिस्सा ४.९६ प्रतिशतले घटेर ८६.५४ प्रतिशतमा पुगेको छ भने निर्यातको हिस्सा ५०.४७ प्रतिशतले बढेर १३.४६ प्रतिशतमा पुगेको छ ।