४ श्रावण २०८३, सोमबार

लुलु एक्सचेन्जको अफर : १ किलो सुन, मेस्सीद्वारा साइन गरिएको जर्सी र कार जित्ने अवसर

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । युएईको अग्रणी र विश्वासिलो वित्तीय सेवा प्रदायक संस्था लुलु एक्सचेन्जले आफ्ना ग्राहकहरूका लागि यस वर्षको पर्वमा रोमाञ्चक अफर घोषणा गरेको छ ।

युएईमा रहेका नेपालीहरूले लुलु एक्सचेन्जमार्फत नेपालमा पैसा पठाउँदा १ किलो सुन, दुई मेगा पुरस्कार कार र लियोनल मेस्सीले हस्ताक्षर गरेको अर्जेन्टिनाको फुटबल जर्सी जित्न सक्नेछन् । अफर अवधिभित्र नेपालमा पठाइएका प्रत्येक रेमिट्यान्स ट्रान्जेक्सन स्वतः लकिड्रमा सहभागी हुनेछन् । यो अफर २०२५ नोभेम्बर २२ सम्म मान्य रहने कम्पनीले जनाएको छ ।

विश्वास, पारदर्शिता र प्रविधिमा आधारित सेवाका साथ लुलु एक्सचेन्जले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ, जसले पैसा पठाउने अनुभवलाई सजिलो, अर्थपूर्ण र फलदायी बनाउँछ । लुलु एक्सचेन्ज युएईमा बसोबास गर्दै आएका नेपालीहरुमा लोकप्रिय बनेको कम्पनीले बताएको छ ।

युएईस्थित लुलु एक्सचेन्ज विश्वव्यापी रूपमा विश्वासिलो वित्तीय सेवा प्रदायक संस्था हो, जसले पैसा पठाउने, मुद्रा विनिमय र भुक्तानी समाधान जस्ता सेवा आफ्ना शाखा सञ्जाल र अत्याधुनिक डिजिटल प्लेटफर्ममार्फत प्रदान गर्दै आएको छ ।