२६ जेष्ठ २०८३, मंगलबार

जेनजी आन्दोलन प्रभावितलाई मनोपरामर्श सेवा दिने स्वास्थ्यमन्त्रीको पहिलो निर्णय

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कार्तिक । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले जेनजी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा दिने पहिलो निर्णय गरेकी छिन् ।

आज शपथपछि पदभार ग्रहण गर्दै उनले प्रभावितलाई मनोपरामर्श सेवा स्थापना गर्ने पहिलो निर्णय गरेकी हुन् ।

‘जेनजी आन्दोलनबाट प्रभावित सबै व्यक्तिहरूको लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णय भएको छ । यसको डिटेल हाम्रो विज्ञहरूबाट वर्कआउट हुन्छ त्यसपछि फेरि तपाईंहरूलाई बताउँछु,’ उनले भनिन् ।